गरिमा विकास बैंकको गरिमा सरल एसएमई आवधिक ओभरड्राफ्ट कर्जा सार्वजनिक, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने

२०८० माघ ४, बिहीबार १०:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँउद्यमीहरुलाई लक्षितगरि यो योजना सार्वजनिक गरिएकोे कम्पनीले बताएको छ।

उक्त योजना अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वाविस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ ।

हाल कम्पनीले देशभर १२३ शाखाकार्यलय, ५१ एटीएम र डिजिटल बैंकिङमार्फत् करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार