प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

२०८१ असार २३, आईतवार १२:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आईतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने र प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनाम दिनुपर्ने बताएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । यदि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए असार २८ गते विश्वासको मत लिने क्रममा नेकपा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्ने स्पष्ट पारे । उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए।

‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार