व्यवसायीक कृषकलाई गल्याङ नगरपालिकाद्धारा बाख्रा र खोर वितरण

२०८१ असार ६, बिहीबार १५:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा । व्यवसायीक रुपमा कृषि पेशामा लाग्न प्रेरित गर्नका लागि गल्याङ नगरपालिकाले कृषकका लागि सहयोग गरेको छ । गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपालको प्रविधिक सहयोग र नयाँ गोरेटो संस्थाको सहजिकरणमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाले गल्याङ नगरपालिका भित्रका विभिन्न वडा हरुमा विभिन्न कृषि तालिम तथा कृषि सामाग्री वितरण गरिएको हो ।

गल्याङ नगरपालिकाले कृषकका लागि बीउ बाख्रा साथै बीउ बोका वितरण गरेको हो । त्यसै गरि बाख्रा पालक कृषकहरुका लागि खोर व्यवस्थापनमा विशेष अनुदान सहित पालिकाका सबै वडाहरुमा खोर निर्माण भईरहेका छन् । यस्तै गल्याङ नगरपालिकाले वडा नं. ४,५ र ६ वडाका कृषकहरुसँग अन्तरक्रिया सहित अनुगमन कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार