काठमाडौं । यूकेमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पप्त गरेको छ । अब स्टार्मर यूकेको नयाँ प्रधानमन्त्री बन्ने ठानिएको छ। आफ्नो पार्टीले बहुमत ल्याएपछि स्टार्मरले अब परिवर्तन सुरु हुन्छ भनेका छन्। निर्वाचनमा लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका छन्।
विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४०० भन्दा बढी सीट जितेको हो। यूकेको संसद्मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ। यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक हो। अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए।