घरजग्गा कारोबारमा सुधार आउन थालेपछि बैंकहरूलाई राहत

२०८१ असार २१, शुक्रबार १३:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । लगातार चार महिनासम्म थप्प रहेको घरजग्गाको कारोबारमा केही सुधार आउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूले राहत महशुस गरेका छन् । आर्थिक वर्ष सकिनै लाग्दा वर्षभरीको नाफा घाटाको हिसाब निकाल्न लागेका बैंकहरूलाई बढ्न थालेको घरजग्गाको कारोबारले केही राहत दिने देखिएको हो।

ुसाना–साना जग्गाको किनबेच बढ्न थालेकोले केही सजिलो हुन थालेको सबैजसो बैंकरहरूले भनिरहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । लगातार चार महिनासम्म स्थिर रहेको घरजग्गा कारोबार जेठमा बढेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको थियो।

चालु आर्थिक वर्ष २०८०÷८१ को माघ अघि घरजग्गाको कारोबार घटबढ भइरहेको थियो। तर माघदेखि वैशाखसम्मै घरजग्गा कारोबार स्थिर रह्यो। जेठमा भने कारोबारमा केही सुधार देखियो। विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो। वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएका थिए। यो कारोबार गत वर्ष जेठको मासिक कारोबारको तुलनामा पनि ११ प्रतिशतले धेरै हो। गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो।

घरजग्गाको मूल्यमा सामान्य गिरावट आइरहेको भए पनि कारोबारमा केही सुधार भइरहेको र यो क्रम असारमा पनि देखिएको बैंकरहरूले बताएका छन्।
यही कारण बैंकहरूको कर्जा असुलीमा पनि केही सहज भएको छ।

ुनेपाली ऋणीहरूको प्रवृत्ति कम्तीमा वर्षअन्त्यमा कर्जाका किस्ता बाँकी नराख्ने केसीले बताए । यही कारण बैंकहरूको कर्जा असुलीमा केही न केही टेवा पुगेको उनको भनाई छ । त्यस्तै, केही समयदेखि सेयर बजारमा समेत झिनो सुधार देखिदै गएको छ। यसले पनि लगानीकर्ताहरूको ऋण भुक्तानी क्षमतामा केही न केही वृद्धि गर्ने मानिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार