जाडो मौसमको लागि बिगमार्टले ल्यायो ‘बिगमार्ट कार उपहार’ उत्सव

२०८० पुष २९, आईतवार १४:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बिगमार्टले यस वर्षको जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ । बिगमार्टले यस वर्षको जाडो मौसम उत्सव अन्तर्गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ । कम्पनीले बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार, एक जना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रे जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरूलाई जनही पाँच हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने छ ।

साथै ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत अर्थात ९३०० रूपैयाँसम्म, एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत १०० रूपैयाँ र हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत अर्थात १५० रूपैयाँ सम्म तत्काल छुट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले देशभरका बिगमार्टबाट ७५० रुपैयाँ भन्दा बढी सामान खरिदमा लक्की ड्रममा समावेश गराउने कम्पनीले जनाएको छ । बिगमार्टका देशभरका ८१ वटा स्टोरबाट ग्राहकहरुले सामान खरिद गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार