बुथ कब्जाको आरोप लगाउने अर्याल आफ्नै वडामा पराजित, धनराजको अग्रता कायमै

२०७९ मंसिर १५, बिहीबार १५:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१५ मंसिर । निर्वाचन भएको लामो समयसम्म मतगणना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बरमा २ मा निर्वाचन आयोगले मतगणना गर्न निर्देशन गरे लगत्तै बुधबार अर्थात हिजो बाट मतगणना सुरु भएको छ ।

नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमाले सचीव पुर्व मन्त्री पद्म कुमारी अर्याल बीच प्रतिस्पर्धा भएको यस क्षेत्रको चुनावी मत परिणाम निकै रोचक बन्दै गएको छ ।

नेपाली काङ्ग्रेसले चापाकाकोटका केही वडामा बुथ कब्जा गरेको भन्दै पुन मतदानको माग गर्दै गरेर आन्दोलनमा उत्रिएको नेकपा एमालेले मतगणना अबरोध गरेको थियो । निर्वाचन आयोगको निर्णय पछी मतगणना सुरु भएको हो । नेपाली काङ्ग्रेसले बुथ कब्जा गरेको आरोप लगाउदै आउनु भएकी पुर्व मन्त्री पद्म कुमारी अर्याल आफ्नै वडामा समेत पराजित हुन पुग्नु भएको छ ।

तिन वडा मन्त्रालय सम्हाल्दा समेत आफ्नो क्षेत्रमा केही विकास गर्न नसकेको आरोप खेप्दै आउनुभएकी मन्त्री अर्यालले सगरमाथाको उचाइ, चुच्चे नक्सा लगायतका एजेन्डा लिएर चुनावी मैदान उत्रिनुभएको थियो । चुनावी सभामा पुर्व मन्त्री अर्याल भन्नुहुन्थ्यो  अहिलेसम्म राष्ट्रिय स्तरका काम गरे अब स्थानीयस्तरका काममा ध्यान दिन्छु ।ू पुर्व मन्त्रीको यो भनाइलाई आफ्नै वडा वासिले समेत पत्याएन्न फलस्वरूप आफ्नै वडामा नेपाली काङ्ग्रेसका धनराज गुरुङसंग १९२ मतले पछाडि पर्नुभयो । वालिङ् नगरपालिका १ मा घर हुनुभएकी पुर्व अर्याललेका श्रीमान यहीँ वडामा वडा सदस्य समेत पराजित हुनुभएको थियो ।

वालिङ् नगरपालिका १ घर हुनुभएकी मन्त्री अर्यालले आफ्नै वडामा ५ सय ३२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेस उम्मेदवार धनराज गुरुङले ७ सय २४ मत प्राप्त गर्नुभएको थियो ।

जम्मा ७० हजार १ सय ९१ मत खसेको उक्त क्षेत्रमा १३ हजार ८ सय मत गणना हुँदा धनराज गुरुङले ५ हजार ९ सय ७६ मत प्राप्त गर्नुभएको छ भने पद्म अर्यालले ४ हजार ५ सय ३ मत प्राप्त गर्नुभएको छ । अर्यालको बसोबास रहेको वडा गनिसक्दा पनि धनराज १ हजार ४ सय ७३ मतले अगाडी हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकाराज गुरुङले १ हजार ६ सय २५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार