साहित्यकार कवि श्रीधर पौडेलको अवसान

२०७९ मंसिर २७, मंगलवार २०:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमलाल घर्ती

काठमाडौं,२७ मंसिर । २००० कार्तिक बैकुण्ठ चतुर्दशीका दिन जन्मेका दुई छोरा र दुई छोरीका बाबु साहित्यकार कवि श्रीधर पौडेलको ८० वर्षको उमेरमा हिजो बिहान ३ बजे भएको उहाँको महाप्रस्थानले नेपाली भाषा साहित्यलाई अतुलनीय क्षति भएको छ ।

साहित्यकार श्रीधर पौडेल नेपाल सरकारको निजामती सेवामा अवकाश प्राप्त भएपछि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अथक रुपमा लागिरहनुभएकाे थियाे । उहाँले १५ वटा पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएकाे छ । भने ३७ वटा उहाँका प्रकाशित कृतिहरु रहेका छन् । कम्प्युटर कार्य सम्पन्न भई प्रकाशोन्मुख अवस्थाका १३ वटा पुस्तक छन् भने पछिल्लो चरणमा विमानशास्त्र नेपाली भाषामा अनुवाद गर्ने गहन कार्यमा लाग्नुभएकाे थियाे । सोही क्रममा केही महिना पहिले एक्लै बनारस पुगेर विमानशास्त्रको लागि स्रोत सामग्री संकलन कार्य सम्पन्न गर्नुभएकाे थियाे । चार वटा सामाजिक संस्थाका आजीवन सदस्य रहनुभएका श्रीधर पौडेल हाल श्री मनमती साहित्य समाजका अध्यक्ष हुनुहुन्थाे । मनमती साहित्य समाजका सविच जनकराज अधिकारीका अनुसार– “श्रीधर पौडेलको निधनले मनमती साहित्य समाजलाई मात्र नभई सिङ्गो नेपाली भाषा साहित्यलाई नै ठूलो क्षति पुगेको छ ।” उहाँ थप्छनुहुन्छ –“यो अकल्पनीय घटना हो ।” साहित्यकार श्रीधर पौडेलले चार वटा अनुसन्धानमूलक शोध कार्य सम्पन्न गरेको देखिन्छ भने उहाँका कृतिहरुमा थुप्रै शोधकार्यहरु भएको पाइन्छ ।

केही महिना पहिले हाम्रो हेर्नेकुराका व्यूरोद्वारा मानव विमानशास्त्र तथा उहाँका कृतिहरुका र समग्र नेपाली भाषा साहित्यका बारेमा कुराकानी गरिएको थियो । ब्लड प्रेसर, सुगरले सताइरहेका श्रीधर पौडेल निमोनियाको कारण निधन भएको थियो । विशेषत ः कविता विधामा बढी कलम चलाउन रुचाउने श्रीधर पौडेलले नेपाली भाषा साहित्यका उपन्यास, कविता, बालकथा जस्ता विधामा पनि कलम चलाएको उहाँका कृतिहरुले दर्शाएका छन् । उहाँका जेठो छोरा अफ्रिकातिर र कान्छो छोरा अष्टेलिया रहनुभएकाे छ । गत दशैँमा आएका कान्छो छोरा सरोज पौडेल तथा बुहारी संगीता पौडेलले उहाँलाई दागबत्ती दिएका दिनुभएकाे थियाे । माओवादीको संशस्त्र संघर्षले उहाँलाई निकै दुःख दिएको थियो । पारिवारिक सदस्य तथा मनमती साहित्य समाजका सदस्यहरु तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो ।

पछिल्लो चरणमा काठमाडौ महानगरका अभियन्ता बालेन (धारावाहिक श्रृङ्खला) का बारेमा १०० कवितात्मक श्रृङ्खला समापन गर्नुभएकाे थियाे । उहाँ हरेक दिन केही न केही नलेखि बस्नै सक्नुहुदैन थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार