ब्याज दर बिरुद्ध नेपाल राष्ट्र बैँकलाइ कारण देखाउ आदेश

२०७९ मंसिर २१, बुधबार १७:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२१ मंंसिर । मंसिर १३ गते सर्बोच्च अदालतमा परेको रिटमा आज सर्बोच्च अदालतले ब्याज दर बिरुद्ध नेपाल राष्ट्र बैँकलाइ कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल तथा सञ्जय न्यौपानेले दायर गरेको  रिटमा यस्तो आदेश जारी गरेको छ ।

बैँक तथा वित्तिय संस्थाको चर्को व्याजदरलाइ नियन्त्रण गर्न, साथै प्रमुख कार्यकारी अधिकृत लगायत उच्च तहका कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याइ सरकारी वाणिज्य बैँक सरह कायम गर्नको लागि एकीकृत मापदण्ड तथा आवश्यक नीतिनियम र निर्देशनको मागदावी गर्दै सर्बोच्च अदालतमा दायर भएको उत्प्रेषण, परमादेश रिट ( रिट नंः ०७९–धय(०५४९) मा माननीय न्यायाधिश डा.कुमार चुडालको इजलासले विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैँकलाइ विपक्षी वनाइएको छ । रिट निवेदकहरुको तर्फबाटअधिवक्ताहरु अर्जुनकुमार अर्याल, हुम बहादुर खत्री, बाबुराम भट्टराई तथा सञ्जय न्यौपानेले बहस गर्नुभएको थियो ।

रिट निवेदनमा नियामनकारी निकाय नेपाल राष्ट्र बैँक र अर्थ मन्त्रालयलाइ बैँकको चर्को व्याजदरलाइ एक अंकमा झार्नका लागि बजार र नेपाली अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन योजना सहित नीतिगत तथा कार्यगत पहलकदमी गर्नु गराउनु भनी परमादेश माग गरिएको छ । रिटमा बैँक तथा वित्तिय संस्थाका विविध विषयहरुलाइ सम्बोधन गरेको रिट निवेदकहरुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार