फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक (भिडियो)

२०७९ फाल्गुन २६, शुक्रबार ११:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। वर्षकै प्रतिक्षित फिल्म ‘बिहे पास’ को नयाँ रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ शुक्रबार सार्वजनिक भएको छ । यो गीतमा अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठलाई फिचर गरिएको छ ।

बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको यो गीतमा अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत तथा डिपी खनालले शब्द सुन्न सकिन्छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ । प्रवेश पौडेलद्वारा निर्देशित यो फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

केही दिनअघि सार्वजनिक फिल्मको टीजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ । दर्शकको वाहवाही बटुल्न सफल टिजरपछि ‘बिहे पास’ का निर्माता केही दिनमै ट्रेलर ल्याउने तयारीमा छन् । पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।

रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरुप पस्कन लागीएको दावी निर्देशक पौडेलको छ । ‘बिहे पास’ वितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो फिल्म हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार