चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक (भिडियोसहित)

२०७९ फाल्गुन २५, बिहीबार ११:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ले टिजर सार्वजनिक गरिएको हो ।

वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रको टिजरमार्फत वैदेशिक रोजगारीबाट सिर्जित समस्यालाई देखाउने प्रयास गरिएको छ । मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा तयार टिजर हेर्दा सशक्त दृश्य भाषा र कलाकारको अभिनय देखिन्छ । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ । महेशले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् । बिनिताले मियाको चरित्रमा छिन् ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो । यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । नेपाल–अमेरिका फिल्म फेस्टिभलमा पनि ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत भएको थियो । चलचित्रमा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय छ । विक्रमसँगै चलचित्रको कथा विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।

फिल्मको सम्पादन पनि विक्रम स्वयंले गरेका छन् ।

भिडियो-

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार