गाँजासहित विमानस्थलबाट एक जना पक्राउ

२०८२ जेष्ठ ६, मंगलवार १४:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ सय ४० ग्राम गाँजासहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव राति पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय