रौतहटमा नक्कली सुनसहित चार जना पक्राउ, ठगी गर्ने योजना विफल

२०८२ चैत्र ११, बुधबार १२:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटलबाट नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजनामा रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुरका ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाईका ३८ वर्षीय रुपकेश राय यादव र भारत सिलिगुडीका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट ‘१० ग्राम सुन’ लेखिएको प्याकेटभित्रका ७ थान नक्कली सुनजस्तो देखिने पहेँलो धातु, ६ थान मोबाइल र एक उपकरण बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार यो समूहले सर्वसाधारणलाई नक्कली सुन भिडाएर ठगी गर्ने योजना बनाएको खुलेको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय