‘बोम खत्रीको निर्देशनमा बनेको ‘महसुस गर्नुछ’को भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ बैशाख २४, बुधबार ११:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बोम खत्रीको निर्देशनमा तयार भएको ‘महसुस गर्नुछ’को म्युजीक भिडिओ सार्वजनिक भएको छ । रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ मा निर्मल तिमल्सिनाको शब्द रचना र रविकै संगीत छ ।

भिडियोमा आर्चर पन्त र पूजा मोक्तानको अभिनय रहेको छ । विवेक विकको छायांकन, निर्देशक बोमको नै दृश्य सम्पादन छ । द डाफेज फिल्म कम्पनीले निर्माण गरेको सो म्युजिक भिडियो द डाफेज युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय