आन्दोलनमा आएका शिक्षक शिक्षकबाटै कुटिए

२०८२ बैशाख १३, शनिबार १७:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन् । शनिबार दिउँसो १ बजेतिर काठमाडौं  महानगरपालिका १० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्‍ट्रिय आन्‍दोलनमा सहभागी एक शिक्षकमाथ कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

कैलाली धनगढी उपमहानगरपालिका १ घर भई काठमाडौं ३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो। उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन् ।

अन्दाजी १५\२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको एसपी बोहराले बताए। उनलाई प्रहरीले उद्धार गरी सिभिल अस्पतालमा पुर्‍याएको छ। उनको उपचार भइरहेको एसपी बोहराले बताए। उनको टाउकोमा टुटुलको उठेको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको उपचारमा उनका भतिज संलग्न छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय