नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

२०८१ फाल्गुन १६, शुक्रबार १४:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिईन् ।

सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिईन् ।

श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने परिवार श्रोतले जनाएको छ । उनका दुई छोरा छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय