काठमाडौं । गत बिहीबार भएको संसद बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लामै भाषण गरे । भाषणभरि उनले आफुले सरकार छाडेपछि नयाँ प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको कार्यशैली माथी खनिए । उनले सरकारको आलोचना त गरे नै त्यस सगँसगैँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भने खुलेरै समर्थन गरे । जुन विषयले प्रचण्डले राम्रो प्रतिक्रिया पनि बटुले । तपाईहरुलाई लाग्न सक्छ प्रचण्डले नयाँ पुस्तालाई राम्रै समर्थन गरे । तर रबी र बालेनको पक्षमा बकालत गर्नुको भने अर्कै कारण छ ।
त्यो के हो भने, माओवादी अब एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैन त्यसैले उसलाई कुनै ठुलो अर्को दलसँग सहकार्य गर्न जरुरी नै छ । र अर्को कुरा प्रचण्डले आफु पछाडी माओवादीको उत्तराधिकारी आफ्नी छोरी अर्थात अहिले भरतपुर महानगरपालिकामा मेयर रहेकी रेणु दाहाललाइृ बनाउन चाहान्छन् । र ८४ सालको चुनावमा छोरी रेणुलाई सांसद पनि बनाउन चाहान्छन्, त्यसैले पनि उनले रास्वपालाई चिल्लो घस्न सुरु गरिसकेका छन् । प्रचण्डको यस्तो गहिरो रणनीति नबुझेर रास्वपाका सांसदले प्रचण्डले रबीको बारेमा बोल्दा ठुलै साहस मिलेजस्तो गरी टेबल ठोकेर बसे ।
उता बालेन शाहसँग पनि देशको युवा शक्ति छ । उनका समर्थकहरु देशभर छन् । ती लाखौं समर्थकका साथ पाएका बालेन शाहको बारेमा बोल्दा गाँउगाँउबाट पनि माओवादीलाई राम्रो समर्थन मिल्ने भयो । र त्यो समर्थनलाई आउदो चुनावमा शक्तिको रुपमा परिणत गर्न चाहान्छन् । यसैले पनि प्रचण्डले रबी र बालेनको राम्रोसँग समर्थन गरेका हुन् । या भनौं माओवादीलाई नै फाईदा हुने गरेर रबी र बालेनको बारेमा बोलेका हुन् ।
यो सँगसगैँ प्रचण्डले अर्थतन्त्र डामाडोल बनाएको आरोप लगाए, बैदेशिक रोजगारमा जानेहरुको सङख्या दिनदिनै बढ्दा पनि सरकारले रेमिट्यान्स घटेको देखाउनुमा स्वार्थ लुकेको छ भन्न भ्याए । यो सरकारले वास्तविक काण्ड कुनैपनि नखोल्ने तर प्रतिपक्षीलाइृ दुःख मात्रै दिने गरेको पनि भन्न भ्याए । शेरा दरबार प्रकरणमा आफ्नो कहिकतैपनि संलग्नता देखिए छानविन गरियोस र कारबाही गर्न चुनौति पनि दिए ।
प्रचण्ड प्रधानमन्त्री केपी ओलीमाथि खनिदा कांग्रेसप्रति भने नरम देखिए । सायद प्रचण्डलाई भोली कांग्रेसकै हात समाउनुपर्छ भन्ने सम्झना आएर होला । २०६४ सालदेखि मुख्य राजनीतीमा रहेका प्रचण्ड माधव कुमार नेपालको कामचलाउ सरकार रहँदा प्रतिपक्षमा थिए । त्यसपछि माओवादी अहिले बल्ल प्रतिपक्षमा बसेको हो ।
अहिले आएर उनले सरकारका धेरै कमजोरीहरु खोतल्दै सरकार त खत्तमै रहेको जसरी टिप्पणी गरे । ३०÷३५ वर्ष अघिदेखीका काण्डहरुमा सम्भवतः प्रचण्ड पहिलो पटक बोलेका छन् । देश अनुसार भेष भने झै पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिपक्षमा रहँदा सरकारको मुटु कलेजो खोतलिदिएका छन् । उनले अहिलेको सरकारले रबी लामिछानेलाई नेपालको नम्बर एक सहकारी ठग जस्तै बनाई देश घुमाईरहेको आरोप लगाए ।
गत माघ १८ गते अधिवेशनको पहिलो संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई भनेका थिए कि यो सरकार ढल्यो,ढल्यो,ढल्यो भन्नुपर्दैन यो सरकारल ढल्दैन भनेर । बिहिबारको संसद बैठकमा पनि प्रचण्डले उही ढल्यो ढल्यो ढल्यो भन्ने गीत सम्झिदै यदि सरकार ढल्छ की भन्ने डर छैन भने किन सरकार ढल्दैन भन्दै ह्डिेको भनेर प्रश्न समेत गरे ।
समग्रमा भन्नुपर्दा प्रचण्डले यो सरकारको कुनै काम नै नगरेको आशक्त व्यक्त गरे । चार पटकसम्म प्रधानमन्त्री बनिसकेका र लगातार सत्तापक्षमा रहेका प्रचण्ड अहिले प्रतिपक्षमा रहँदा उनमा राष्ट्रभक्त उब्जीएको छ । देशको पिर मान्न थालेका छन् । आफुले बाहेक अरु कसैले पनि देश बनाउदैनन जसरी अन्य दलप्रति खेद प्रकट गर्छन् । अझ भनौं एमालेलाई त देखी सहन्न् । तर बिहीबार प्रधानमन्त्री ओली लक्षित कैयौ शव्द बोले तर प्रचण्ड बोलेको सुन्न नचाहेका प्रधानमन्त्री ओली संसद बैठकमा उपस्थित भएनन् बरु साँझ चर्चित टिकटकरहरसँग भेटघाट भएको भनेर सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेका थिए ।



