पोखरा । पोखरा उद्योग वाणिज्य संघमा पोखरेल प्यानलका ५ जना पदाधिकारी सहित ८ जना निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । यस्तै कर्पोरेट सदस्यमा वन्दना केसी र राम कँडेल सँगै औद्योगिक सदस्यमा एकनारायण गौतम निर्विरोध भएका छन् । सबै पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् ।
बुद्धाचार्य, बास्तोला, गौतम र श्रेष्ठले उम्मेदवारी दिएको पदमा दोहोरो उम्मेदवारी नपरेको हुँदा उनीहरु स्वाभाविक रुपमा निर्विरोध भएका छन् । वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता गरेका थिए । तर मंगलबार रामेश्वर अधिकारीले फिर्ता लिएपछि आचार्य पनि निर्विरोध भएका छन् । उपमहासचिवमा बालकृष्ण कोइराला र सुदीप प्रधानांगको उम्मेदवारी परेको छ । कोइराला अर्जुन पोखरेल प्यानलबाट चुनावी मैदानमा छन् भने प्रधानांग स्वतन्त्र उम्मेदवार हुन् ।
भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा निर्वाचन हुँदैछ । जसमा अध्यक्ष पदमा गोकर्ण कार्की र अर्जुन पोखरेलको पोउवा संद्ध उम्मेदवारी परेको छ । ४ जना वस्तुगत सदस्यका लागि भने ७ जना प्रतिस्पर्धी हुने भएका छन् । वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दिएका छन् ।
प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जनाले चाहना राखेका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले मनोनयन पत्र लगेका हुन् ।




