विकासका नाममा मनपरी डाँडाकाँडा भत्काउँदा उल्टै विनाश : उपसचिव भट्टराई

२०८१ भाद्र २, आईतवार १२:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल सरकारका उपसचिव डा.डिजन भट्टराईले विकासका नाममा मनपरी डाँडाकाँडा भत्काउँदा उल्टै विनाश निम्तिएको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्च नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालमा विपत जोखीम र जोखीम न्युनीकरणका लागि भएका प्रयासहरु सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपसचिव भट्टराईले यस्तो बताएका हुन् ।

‘अहिले विकास भन्दै डाँडाडाँडामा मनपरी मोटरबाटो बनाउँदा उल्टै त्यही बाटो विनाशको कारण बनिरहेका छन् ।’ उनले भने । विकास विनाशमा परिणत हुन नहुने उनको भनाई थियो ।

नेपालमा विपत् व्यवस्थापनका लागि लामो समयदेखी प्रयास भएपनि वि.स.२०७२ सालको भुकम्पपछिका कामहरु भने प्रभावकारी देखिएको उनले बताए ।
केही प्राकृतिक र धेरै मानविय कारणले गर्दा नेपाल विपत्को उच्च जोखीममा रहेकाले विपत् व्यवस्थापनमा तिन ओटै तह बिच समन्वय हुन जरुरी रहेको उनको भनाई छ ।

यसका लागि स्पष्ट कानुन हुनुपर्ने र बलियो सस्था र स्रोत व्यवस्थापन हुनुपर्ने उनको भनाई छ । नेपालमा विपत्तिका समयमा सबैभन्दा धेरै उद्धार सर्बसाधारणबाट त्यसपछि सुरक्षा निकायबाट र अन्तिममा विदेशी निकायबाट हुने गरेको उनले सुनाए ।

मदन भण्डारी बौद्धिक मञ्चले हरेक महिना नेपालका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको मञ्चका अध्यक्ष कुल बहादुर आचार्यले बताए । यस भन्दा अघि पनि साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय