असोज १ र २ गते काठमाडौंमा रास्वपाको राष्ट्रिय भेला

२०८१ श्रावण ३०, बुधबार १५:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बुधबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने पनि रास्वपाले जनाएको छ ।

सो भेलामा सभापति रवी लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । त्यस्तै केन्द्र र प्रदेशमा भएका क्लोज क्याम्पका एजेण्डामा पनि छलफल हुनेछ । राष्ट्रिय भेलामा विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लव लिडरसिप एकेडेमी लगायतमा छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय