मन्त्रीहरुलाई गगन थापाको आग्रह-भाषण र उद्घाटन गर्दै नहिडने ब्रत लिनुस्

२०८१ श्रावण २९, मंगलवार १४:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकले सुविधा पाउने गरि स साना काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए।

‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ,’ थापाले भने, ‘साउन सकिन लाग्यो। तीर्थब्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय