काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बंगलादेशमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्कन चाहेमा सुरक्षित रुपमा नेपाल ल्याउन सरकारसँग माग गरेका छन्। बंगलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन र नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन सरकारसँग आग्रह गरेका हुन्।
बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग राख्दै सुरू भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी छन्। भने त्यहाँको अवस्था अझै साम्य भएको छैन।




