काठमाडौं । काठमाडौंबाट उडेको तीन मिनेटपछि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको नाइन एन (एजेडी हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो।
उडेको ३ मिनेटपछि उक्त हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए। यसबारे थप जानकारी आउन बाँकी छ ।




