एमालेको समर्थनमा सुदूरपश्चिममा कांग्रेसका शाहले गरे मुख्यमन्त्रीमा दाबी पेस

२०८१ श्रावण २०, आईतवार १३:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी गरेका छन्। आईतबार प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

शाहलाई नेकपा ९एमाले० को पनि समर्थन छ । सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए।

आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए। शाह नेतृत्वमा गठन हुने सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय