काठमाडौँ । हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जितका लागि संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन्।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न, आर्थिक साझेदारीलाई सुदृढ बनाउन र दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाउन उत्सुक रहेको छ। विशेष दूत गोरले टेलिफोन संवादका क्रममा रास्वपाको विजयको प्रशंसा गर्दै आगामी दिनमा आपसी हितका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।




