काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको कुरालाई ख्याल राख्दै अबका दिनमा दीर्घकालीन नीति, योजना र संरचनात्मक तयारीसहित अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।
०७२ सालमा गएको भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक पुगेका प्रचण्डले विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प अद्वितीय रहेको बताए।




