सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुन्छन् : गृहमन्त्री लेखक

२०८१ फाल्गुन १८, आईतवार १६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुने जनाउँदै सरकार त्यस्ता घटनामा संलग्नलाई प्रचलित कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा २२ वर्षिय दिनेश विकको शंकास्पद मृत्युको घटनामा सङ्लन दोषीलाई कानून बमोजिम कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घीय संसद, राष्ट्रिय सभाको आजको वैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा २२ वर्षिय विकको शङ्कास्पद मृत्युका सम्बन्धमा मृतकको काकाले दिएको किटानी जाहेरीमा उल्लेख भएका तीन जना व्यक्तिहरु देवकी घतानी, उलेजबहादुर घतानी र राजकुमार सुनारलाई पक्राउ गरिएको उल्लेख गरे । निजहरु उपर अनुसन्धान जारी रेहको र त्यस सम्बन्धमा निस्पक्ष छानबीन गरी मुद्धा दायर गरिने उनको भनाई छ ।

त्यसैगरी रौतहट घटनामा कसुर गर्नेमध्ये एक जनालाई पक्राउ गरी कानुन बमोजिम कारवाही र बाँकीको खोजतलास भइरहेको र बैतडी घटनामा दलित र गैरदलित दुवैको सहभागितामा मृतकको लाश कुर्ने, दाहसंस्कार गर्ने कार्य भएको भन्ने जानकारी प्राप्त भएको भएको संसदलाई जानकारी गराए ।

ती शाखामा प्राप्त जाहेरीरउजुरीलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उनको भनाई छ । उनले यस्ता विषयमा मेलमिलाप तथा झुठ्ठा मुद्धामा फसाउने कार्य नभएको र त्यस्ता कार्य भएका कानून बमोजिम कारवाही गरिने व्यहोरा सदन समक्ष जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय