योजना आयोगको प्रमुख प्रधानमन्त्रीको निजी सल्लाहकार जस्तो भयो : पुर्व परराष्ट्रमन्त्री पाण्डे

२०८१ भाद्र २, आईतवार ११:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पुर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले राष्ट्रिय योजना आयोग प्रधानमन्त्रीको सल्लाहकार समिती जस्तो भएको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्च नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालमा विपत जोखीम र जोखीम न्युनीकरणका लागि भएका प्रयासहरु सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पुर्वमन्त्री पाण्डेले यस्तो बताएका हुन ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगको प्रमुख सरकारको सल्लाहाकार जस्तो मात्रै छ । सरकार परिवर्तन हुने बित्तिकै योजना आयोगको प्रमुख पनि फेरिन्छ, प्रधानमन्त्रीले जे भन्यो त्यहि मात्रै गर्छ । यस्तो हुनु हुदैन ।’ उनले सरकारले विज्ञ व्याक्ति भन्दा पनि प्रधानमन्त्रीको नजिकको मान्छे आयोगको प्रमुखको रुपमा नियुक्त गर्दा राम्रा योजना दिन नसकेको बताए ।

नेपाल विपदको उच्च जोखिममा रहँदा पनि विपद व्यवस्थापन पक्ष भने देखावटी जस्तो मात्रै भएको उन्ले बताए । गत असार २८ गते त्रिशुलीमा २ ओटा बस खसेको प्रसंग निकाल्दै उनले भने, ‘त्रिशुलीमा बस खस्यो, सरकारले उद्धारका लागि भन्दै विदेशी पनि झिकायो तर मैदानमा तालिम गरेकालाई बोलायो । त्यस्ताले पानीमा डुबेर काम गर्छ भनेर के आश गर्नु ? र भयो पनि त्यस्तै । एउटा पनि डेड बडी निकाल्न सकेन ।’

उनले सम्बन्धीत विज्ञले लामो समयसम्म अनुसन्धान गरेर प्रतिवेदन सरकारलाई बुझाएपनि सरकारले भने एक पटक पनि नपढी फाल्ने गरेको बताए । विपत व्यवस्थापन सम्बन्धी कामहरु विभिन्न अनुसन्धानका आधारमा हुनुपर्नेमा सरकारको मुड अनुसार भएकाले नेपालमा अझैपनि विपत् व्यवस्थापन अलमलमै रहेको उनको भनाई छ ।

मदन भण्डारी बौद्धिक मञ्चले हरेक महिना नेपालका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको मञ्चका अध्यक्ष कुल बहादुर आचार्यले बताए । यस भन्दा अघि पनि साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय