नेताहरुले ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गर्दा जात नै जाला जस्तो गर्नुहुन्छ : प्रचण्ड

२०८१ श्रावण ३०, बुधबार १५:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ ।’

सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनले अगाडि भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरखेका छौं,त्यो सम्भव हुने थिएन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय