काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार नगर्ने बताएको छ । रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।
भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको छ, जुन रास्वपालाई कदापी स्वीकार्य हुने छैन ।’ प्रमुख सचेतक सन्तोष परियारले भने ।
भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने उनको भनाई छ । सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ भने कांग्रेसले यसको विरोध गरेको छ ।




