केवलकार बन्द हुँदा मनकामनामा भक्तजनको सङख्य ह्वात्तै घट्यो

२०८१ श्रावण २८, सोमबार १३:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । मनकामना मन्दिर मर्मत सम्भारका लागि भन्दै बन्द भएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए । ‘यो बर्षाको समय अफसिजन भएकाले अन्य महिनाजस्तो भक्तजनको चाप त हुदैन’, उनले भने, ‘तर पनि पोहोरको तुलनामा अहिले ६० प्रतिशतले भक्तजन घटेका छन् ।’

शनिबारबाहेक अन्य दिन दैनिक एक सय जना भक्तजन पुग्न पनि मुश्किल हुने गरेको उनले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई तीन सय जना मात्र भक्तजन हुने गरेका छन् । केवलकार खुलेको बेला यो सिजनमा कम्तिमा एक हजार भक्तजन आउने गरेको उनी बताउँछन् । भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् ।

अधिकांश व्यवसायी होटलको मर्मत संहारमा जुटेको उनले जानकारी दिए । मोटरबाटोबाट पुरानो बजार हुँदै मन्दिर पुग्ने बाटोका केही पसलहरु भने खुला रहेको उनले बताए । केवलकार बन्द भएकाले अहिले मन्दिर जाने भक्तजनले सडक मार्ग प्रयोग गरेका छन् । पक्की सडक नभएका कारण पनि मन्दिर आउने भक्तजनको कमी भएको जोशी बताउँछन् ।

‘रामशाहघाटको बाटो कालोपत्रेका लागि भनेर अहिले बन्द गरेको छ, मनकामना जाने अरु कच्चि सडकहरु पनि बर्षाले बिगारेको भएर भक्तजनहरु गाडी बाटो प्रयोग गर्न खासै मन्दिर जान खोज्दैनन्’, उनले भने ।

भक्तजनको कमी भएसँगै व्यापार व्यवसाय ठप्प बनेको गोरखा उवासंघ मनकामना बजार इकाइका अध्यक्ष लिलाम्बर थापाले बताए । केवलकार बन्दको प्रभावले मनकामना क्षेत्र सुनसान बनेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय