काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा ५ लाखसम्म पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य मन्त्री पौडेलले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल चितवन, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल नेपालगञ्ज, नारायणी अस्पताल वीरगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र तनहुँ, डडेल्धुरा अस्पताल, वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल) ले प्रगति विवरण पठाएका हुन्।
सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइन बस्नुपर्ने, अलमलिनुपर्ने र झन्झटिलो भएको गुनासो आएपछि मन्त्रालयले १७ संघीय अस्पताललाई सेवा प्रभावकारी बनाउन भनेको थियो। अस्पतालहरूले शय्या अभावमा बिरामीले भर्ना नपाउने अवस्थाको अन्त्य गरिएको, औपिडी सेवा दुई सिफ्टमा सञ्चालन गरेको, स्वास्थ्य बिमामार्फत् प्राप्त हुने फार्मेसीमा ९० प्रतिशतभन्दा बढी औषधि उपलब्ध भएकोजस्ता विवरण मन्त्रालयलाई पठाएका छन् ।




