साउन २९ गते संसदमा टीआरसी विधेयक पेस गर्न सभामुखलाई पत्राचार

२०८१ श्रावण २५, शुक्रबार १५:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ । उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी विधेयक० माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते मंगलबारका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय