काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना स्थलमा ५ जनाको शव फेला परेको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। जसमा चार जना यात्रु र एक जना पाइलट छन् । दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले पहिचान हुन नसकेको डिएसपी भारतीले बताए ।




