सुन तोलाको डेढ लाख

२०८१ श्रावण १८, शुक्रबार १३:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मुल्य तोलामै करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय