पोएट आइडलमा शुक्रबार ‘वाइल्ड कार्ड’ प्रस्तुति हुने

२०७९ फाल्गुन २९, सोमबार ०७:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रियालिटी शो ‘द पोएट आइडल’मा शुक्रबार ‘वाइल्ड कार्ड’ प्रस्तुति हुने भएको छ । वाइल्ड कार्डमार्फत शोमा पुनः प्रवेशका लागि सात जना प्रतिस्पर्धीले कविता वाचन गर्नेछन् ।

शोमा अहिले आठ जना प्रतियोगी छन् । उनीहरुमध्ये बिहीबार प्रसारण हुने कार्यक्रमबाट दुई जना बाहिरिनेछन् । त्यसपछि वाइल्ड कार्डमार्फत दुई जना छनोट हुने ‘द पोएट आइडल’का निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए । प्रतिस्पर्धीहरुलाई विषयवस्तु दिइएको छ र कतैबाट नक्कल नहोस् भन्ने पनि ख्याल राखिएको उनले बताए । यसका लागि उनीहरुलाई मोबाइल पनि साथमा राख्न नदिएको उनले जानकारी दिए । त्यसपछि हरेक हप्ता दर्शकको भोटको आधारमा एक-एक जना बाहिरिंदै जानेछन् ।

प्रत्येक बिहीबार र शुक्रबार एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार