संयुक्त काव्यकृति ‘आमा ’सार्वजनिक

२०८० पुष १८, बुधबार १७:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । समकालीन नेपाली काव्य जगतका तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठको संयुक्त काव्यकृति ‘आमा ’लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच संयुक्त काव्यकृति ‘आमा’को लोकार्पण गरिएको हो ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले काव्यकृतिमा सबै प्रकृतिबाट आएको बिम्बहरु समेटिएको बताए । उनले कृतिमा समावेश कविताहरु सरल भएतापनि दोहो¥याएर बुझ्नुपरेको बताए । ‘उहाँहरुको कवितामा जुन बिम्बहरु छन्, सबै प्राकृतिक छन् । म पनि धेरै जटिल त बुझ्दिन होला तरपनि कविता चाहीं सरल लाग्यो । यही सरलतामा पनि धेरै कुराहरु दोहो¥याएर बुझ्नुपरेको छ,’ उनले भने ।

उनले नेपालको शिक्षामा ११ र १२ कक्षादेखि नै विजनेस र विज्ञान मात्र विद्यार्थीको रोजाइमा परिरहेको भन्दै मानविकी पढ्न जरुरी रहेको बताए । उनले भने,‘हाम्रो शिक्षामा वा विद्यार्थीलाई सोध्यो भने ११ र १२ मा के पढ्दैछौं भन्दा म्यानेजमेन्ट पढ्दैछु भन्छ । कसैले साइन्स भन्छ । तर मलाइ कता कता लाग्छ ११ र १२ देखि नै मानविकी पनि प्रशस्त पढ्नुपर्ने हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय