झापा–५ मा केपी ओलीविरुद्ध बालेन शाहको सानदार जीत, ४९ हजार ६१४ मतान्तर

२०८२ फाल्गुन २३, शनिबार १८:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५९० मत प्राप्त गरेका छन् ।

त्यस्तै बालेन यस निर्वाचनमा अहिलेसम्म सर्बाधिक मत प्राप्त गरेर जित हासिल गर्ने उम्मेदवार समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार