कृषि विकास बैंकले माघ मसान्तसम्म साधारण सभा गर्ने

२०८० पुष २०, शुक्रबार १४:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भैनसकेको हुँदा माघ मसान्तसम्मको समयअवधि थप गर्ने निर्णय गरेको हो ।

गत वर्ष बैंकले चैत १४ गते वार्षिक साधारण सभा गरेको थियो । गत वर्ष बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार