सानिमा रिलायन्स इन्स्योरेन्सको छैठौँ साधारणसभा माघ ११ गते हुने, आर्थिक बर्षको बार्षिक प्रतिवेदन समेत पेस गर्ने

२०८० पुष २०, शुक्रबार १३:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौँ वार्षिक साधारणसभा माघ ११ गते बिहीबार हुने भएको छ । कम्पनीको गत पुस १७ गते बसेको १३ औँ सञ्चालक समितिको बैठकले माघ ११ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौंको नम्सालमा रहेको अग्रपाली बैंक्वेट भाटभटेनीमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीनका अनुसार गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन पेस, चालु आर्थिक वर्षको लोखापरिक्षक नियुक्ती र उसको पारिश्रमीक तोक्ने, गत आवको लेखा परिक्षण प्रतिवेदन पेस, नाफा–नोक्सान लागायतको प्रस्तावहरु रहेको छ ।

लेखापरिक्षकमा पूनः सुजन काफ्लेलाई नै नियुक्ति गर्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यसका साथै सञ्चालक समितिको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ । जसमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना निर्वाचित हुने छन् । सर्वसाधाण समुहका तर्फबाट निर्वाचनमा भाग लिन कम्तीमा कम्पनीको एक सय कित्ता शेयर किनेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको बारेमा कुनै विषयमा छलफल गर्ने चाहेमा सधारणसभा हुनु भन्दा ७ दिन अगाडि नै लिखित रुपमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार