५ प्रतिशत बोनस सेयर दिने सिटिजन लाइफ इन्स्योरेन्सको निर्णय, कति छ नगद ?

२०८० पुष १७, मंगलवार १२:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार