सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर दिने गरिमा विकास बैंकको घोषणा

२०८० पुष ५, बिहीबार १२:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म सञ्चित नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै कर प्रयोजनका लागि मात्रै ०.५० प्रतिशत नगद लाभांश पनि दिने भएको छ । कुल ५१ करोड ८७ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने विकास बैंकले जनाएको छ ।

कम्पनीको मूल्य प्रतिकित्ता ४३० रुपैयाँ आसपासमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार