कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा, कहिलेसम्म छ आवेदन पेश मिति?

२०८० आश्विन १०, बुधबार १४:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कपिल न्यौपानेको नाममा रहेको ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीको नाममा रहेको ६०४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले यस शेयर विक्रीमा लयाएको हो । ईच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड र बेंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार