माछापुच्छ्रे बैंकको ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा

२०८० आश्विन ७, आईतवार १२:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको संस्थापक समुहको सो शेयर हाललाई विद्यमान संस्थापक शेयरहरुले मात्रै आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र काठमाण्डौको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार