काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजदेखि लागू हुनेगरी ब्याजदर बढाएको हो ।
बैंकले १ वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०.५६ प्रतिशत विन्दुले बढाएर १०.४९ बाट ११.०५ प्रतिशत पुर्याएको छ । त्यस्तै तीन महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा बैंकले १०.०५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा १०.५५ प्रतिशत ब्याज दिइने नबिल बैंकले जनाएको छ । असारसम्म सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।
बैंकले ३ महिनादेखि ६ महिनासम्मको रेमिट्यान्स मुद्दती निक्षेपमा ११.०५, ३ महिनादेखि ६ महिनासम्मकोमा ११.५५ र १ वर्षमाथिकोमा १२.०५ प्रतिशत पुर्याएको छ । संस्थागत मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मको भए ८.५५ प्रतिशत र १ वर्षभन्दा माथिको भए ९.०५ प्रतिशत ब्याज दिने छ ।





