काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार ७६३ कित्ता संस्थाप शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
यो अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ ।





