काठमाडौं । एनआईसी एशिया बैंकको नाफा १०.३५ प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि भएको हो ।
गएको वर्षको अन्त्यसम्म यो बैंकले चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले असार मसान्तसम्म १२ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फी तथा कमिसनबाट दुई अर्ब ३२ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकले उक्त अवधिमा ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ६२ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्म तीन खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको चुक्त पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा गएको वर्षको अन्त्यसम्म १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा छ ।





