रिलायबल नेपाल लाइफको आइपीओ आजदेखि बिक्रि खुल्ला

२०८० असार २७, बुधबार ०६:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आज (असार २७ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार