एनआईसी एशिया बैंकले एकैपटक २०१ वटा मोटरसाइकल खरिद गर्दै

२०८० असार २१, बिहीबार ०७:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंं । एनआईसी एशिया बैंकले एकैपटकमा २०१ वटा मोटरसाइकल देशैभरिका शाखा कार्यालयहरुका लागि खरिद गर्ने भएको छ । बैंकले उक्त संख्यामा मोटरसाइकल खरिद गर्ने गरी बोलपत्र आह्वान गरेको छ ।

बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको हो । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

सवारी साधनको आपूर्ति र डेलिभरी गर्न इच्छुक कम्पनीले आर्थिक वर्ष ०७८/०७९ सम्म कर तिरेको हुनुपर्ने साथै कम्पनी दर्ता भई कम्तिमा ३ वर्ष काम गरी ३ वटा संस्थासँग कारोबार गरेको हुनुपर्ने र आर्थिक वर्ष ०७८/०७९ मा ५ करोड रुपैयाँ बराबरको वार्षिक कारोबार गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार