हिमालयन बैंकको २१ लाख ८६ हजार कित्ता शेयर बिक्रीमा

२०८० असार ७, बिहीबार १०:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार